बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीजी मोटोर्सले भित्र्यायो चाङगनको विद्युतीय भ्यान

बुधबार, कात्तिक १६ २०७९
सीजी मोटोर्सले भित्र्यायो चाङगनको विद्युतीय भ्यान

सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ। 

काठमाडौं- विश्वकै बहुचर्चित निटा र ओला पश्चात सीजी मोटोर्सले चाङगनको विद्युतीय भ्यान नेपालमा ल्याएको छ। पेसेन्जर कार सेग्मेन्टमा निटा भीको सफलता पछि सीजी मोटोर्सले पहिलो चरणमा लाइट कमर्सियल सेग्मेन्ट अन्तर्गत चाङगनको भी फाइभ मोडल नेपाल भित्र्याएको छ भने केहि समयमै भी सेभेन पनि भित्र्याउने जानकारी गराएको छ। 

सीजी मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ। 

बढ्दो इन्धनको मूल्य पश्चात मध्यम तथा सानो दुरीमा इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको ठूलो आवश्यकता छ। सोहि आवश्यकतालाई पुरा गर्न सीजी मोटोर्सले चाङगनको भी फाइभ ल्याएको जानकारी दिएको छ।  

यस्ता छन् भीफाइभ ईभी भ्यानका विशेषता 

सीजीले ल्याउन लागको यो भ्यान निक्कै शक्तिशाली रहेको छ। यो भ्यानले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ११ सिट क्षमताको यो भ्यान मध्यम तथा छोटो दुरीमा यात्रु ओसारपसार गर्नका लागि उपयुक्त हुनेछ। 

• ह्वील बेस- २९३० एमएम

• जीभीडब्लू- २६०० केजी

• सिट क्षमता- ११

• नर्मल चार्जिङ पावर- ६.६ केडब्लू

• चार्जिङ टाइप- युरो स्ट्यान्डर्ड (सीसीएसटू)

• ब्याट्री पावर- ४१.८६ केडब्लूएच (सीएटीएल)

• माइलेज- ३०० किलोमिटर 

• अधिकतम गति- १०० किलोमिटर प्रतिघण्टा 

• ग्राउन्ड क्लियरेन्स- १७५ एमएम

• ब्रेकिङ सिस्टम- फ्रन्ट डिस/रेयर ड्रम


प्रकाशित : बुधबार, कात्तिक १६ २०७९११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend