बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सिप्रदीको टाटा ‘प्रोटेक्ट’ थप सेवासुविधासहित सार्वजनिक 

मंगलबार, कात्तिक १५ २०७९
सिप्रदीको टाटा ‘प्रोटेक्ट’ थप सेवासुविधासहित सार्वजनिक 

टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनको भनाइ थियो। 

काठमाडौं- सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई  पूर्ण सुरक्षाको प्रत्याभुती प्रदान गर्ने उद्देश्यले नयाँ योजना ल्याएको छ। सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरुसहित टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ल्याएकोे छ।

२०७९ कार्तिक १५ गते एक कार्यक्रमका बीच टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको सुरुवात गरेको छ। त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताएका हुन्। टाटाका ग्रहाकहरुको आकांक्ष बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकहरुलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्रहकहरुलाई ढुक्क भइ आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने कुरामा विश्वस्त रहेको उनले बताए।  

त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष (इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस) अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र  टाटा प्रोटेक्ट विश्व बजारमा लागु भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भइ गाडी बिक्री तथा प्रवर्धनमा पनि सहयोग मिलेको बताए। टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्रहकहरुको नाफामा समेत वृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनको भनाइ थियो। 

टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन्।

Tata Protect Digital Event.jpg

मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ। 

टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कसपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा रहेको छ।

एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कंपनीले गर्नेछ।

टाटा जिप्पि अन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ।

ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टाभित्र समाधान गर्ने प्रत्याभुती प्रदान गर्दछ।

टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित बीमा दावि सुविधाहरु पनि रहेको छ।

टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ।

वी केयेर सेवा अन्तर्गत वर्कसपमा गाडी बनाउँदा ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ।

अनलाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

सिप्रदी ट्रेडिङका प्रमुख संचालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। 


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend