सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आगामी पाँच वर्षभित्र ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने एमाललेको घोषणा

मंगलबार, कात्तिक १५ २०७९
आगामी पाँच वर्षभित्र ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने एमाललेको घोषणा

काठमाडौं- नेकपा एमालेले मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। एमालेको घोषणा पत्रमा पाँच वर्षमा ६५ सय मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ।

एमालले घोषणा पत्रमा सर्व साधारणले व्यहोर्नसक्ने मूल्यमा विद्युतको प्रतिव्यक्ति उपभोग वृद्धि गरिने विषय समावेश गरेको छ।

यस्ता छन् एमालेका विद्युत विकासको रोड म्याप

- अस्वस्थकर, महँगा, आयातीत, परम्परागत इन्धनलाई आफ्नै विद्युत उत्पादनले प्रतिस्थापन गरिने।

-घरायसी, औद्योगिक र व्यावसायिक प्रयोग तथा सबै प्रकारका सवारीसाधनहरू विद्युतबाट सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणसहित प्रोत्साहनका प्याकेज ल्याउने।

-दुई वर्षमा विद्युतमा पहुँच हुने जनसङ्ख्या शत प्रतिशत पुर्‍याउने।

- सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने।

- साना, मझौला र ठुला जलविद्युत आयोजनाहरूको निर्माण सम्पन्न गरी आगामी पाँच वर्षभित्र ६ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिने।

-प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुऱ्याउने।

- सोलर फार्मिङ्लाई प्रोत्साहन गरिने।

 - हाइड्रोजन लगायत सबै प्रकारका ऊर्जाको सम्मिश्रण र ऊर्जा बैंकका माध्यमबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने ।

-जलविद्युत आयोजना सम्पन्न गर्न सार्वजनिक, निजी र वैदेशिक लगानी जुटाउने।

- देशको जलस्रोतको लाभ सबै नागरिकमा पुयाउन आकर्षक जलविद्युत् परियोजनामा जनता, सहकारी संस्था र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने।

- बचत गर्न नसक्ने व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने।

-आगामी पाँच वर्षभित्र सबै निर्माणाधीन विद्युत प्रसारण लाईनहरूको निर्माण सम्पन्न गर्ने।

- विद्युत उत्पादनको क्लस्टरका आधारमा नयाँ प्रसारण लाईन निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिइने।

- प्रशारण लाइन मुनी र दायाँबायाँ जग्गा पर्ने जग्गाधनीलाई विद्युत आयोजनाको प्रभावित क्षेत्रको वासिन्दा सरहको सुविधा उपलब्ध गराइने। साथै, त्यस्ता जग्गाको निःशुल्क कित्ताकाटको व्यवस्था मिलाइने।

- निर्माणाधीन नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूका आयोजना (६४६ मेगावाट), निजी क्षेत्रका निर्माणाधीन आयोजना (२,७७६ मेगावाट), स्वदेशी निजी क्षेत्रबाट प्रस्तावित आयोजना (१,४९४ मेगावाट) र आगामी दस वर्षमा निर्माण गर्न सकिने ठूला आयोजनाहरू (१,८६१ मेगावाट) को कार्यान्वयन तीव्र गतिमा अगाडि बढाउने।

-  आगामी १० वर्षमा विद्युत उत्पादन क्षमता करिब १५ हजार मेगावाट पुयाउने।

-  देशभित्र उपभोग गरेर बचत हुने विद्युत ऊर्जालाई अन्य देशमा विक्री वितरण गर्ने सम्भावनाको खोजी गरिने।


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend