मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

images
मंगलबार, कात्तिक १५ २०७९
images
तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

कुल  १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ।

images
images

काठमाडौं- सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो। मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन।

images
images
images

निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ।

images
images

मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन्। अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यस्ता सामानको आयातमा मोटो रकम बाहिरिएको छ।  

images
images

चालु आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै तीन करोड ५९ लाख १० हजार रुपैयाँ बराबरको रकम बाहिरिएको देखिन्छ। कुल  १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ।

यस अवधिमा भारतबाट मात्रै तीन करोड २५ लाख ५९ हजार मूल्यमा कुल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ। त्यस्तै ३३ लाख ५१ हजार मूल्य बराबरको कुल ४० हजार एक सय ८२ थान तास चीनबाट आयात भएको छ।

त्यस्तै विभागले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा तीन लाख ५२ हजार मूल्य बराबरको भिडियो गेमका लागि आवश्यक पर्ने सामान आयात भएको छ। यस अवधिमा ३४ करोड १७ लाख बराबरको कलम तथा मार्कर आयात भएका छन्।

डाइपर र प्याड आयातमा करोडौँ बाहिरिँदै

उद्यमशीलताको विकास गरेर थोरै लगानीमा स्वदेशमै उत्पादन गर्न सकिने बस्तुसमेत करोडौँ रकम खर्चेर आयात गर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ। डाइपर तथा सामान्य कागजबाट बन्नसक्ने न्यापकिन लगायतको आयातका लागि ठूलो रकम मुलुकबाट बाहिरिरहेको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा एकाउन्न करोड एक्काइस लाख २१ हजार मूल्य बराबरका डाइपर आयात भएको छ। 

त्यस्तै तीस करोड साठी लाख ३४ हजारका सेनिटरि प्याड पनि सोही अवधिमा आयात भएको छ। त्यस्ता वस्तुको उत्पादनमा प्रोत्साहन गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी आयात निरुत्साहन गर्न सकेमात्रै मुलुकको आर्थिक अवस्था सवल हुनेसक्ने अवस्था छ। 

सरकारले बजारमा महिलाका लागि अति आवश्यक मानिएको प्याडको मूल्य सर्वसुलभ होस् भन्ने अभिप्रायले चालु आवको बजेटमार्फत करको दर हेरफेर गरी भन्सार दरमा ९० प्रतिशतसम्मको छुट दिएको थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend