मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नेपाललाई विश्व बैंकका ६ सुझाव, आयात प्रतिबन्ध हटाउनेदेखि भ्याट छुट नदिनेसम्म

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १४ २०७९
images
नेपाललाई विश्व बैंकका ६ सुझाव, आयात प्रतिबन्ध हटाउनेदेखि भ्याट छुट नदिनेसम्म

बैंकले दीगो आर्थिक विकासका लागि तत्काल गर्नुपर्ने विभिन्न क्षेत्रमा गर्नुपर्ने ६ वटा सुझाव दिएको छ। 

images
images

काठमाडौं- विश्व बैंकले नेपालको अर्थतन्त्रमा समस्या देखिएपनि कंगाल हुने अवस्थामा नपुगेको बताएको छ। नेपाली अर्थतन्त्रको चरित्रदेखि संरचनाका कारणले गर्दा अर्थतन्त्रको समस्या समाधान योग्य रहेको बैंकले बताएको छ। 

images
images
images

नेपाल डेभलपमेन्ट अपडेट मार्फत बैंकले अर्थतन्त्रमा देखिएका दबाब न्यूनीकरणका लागि दीर्घकालीन तथा तत्काल गर्नुपर्ने केही नीतिगत सुझाव पनि सरकारलाई दिएको छ। 

images
images

बैंकले दीगो आर्थिक विकासका लागि तत्काल गर्नुपर्ने विभिन्न क्षेत्रमा गर्नुपर्ने ६ वटा सुझाव दिएको छ। 

images
images

विश्व बैंकले सबैभन्दा पहिला सार्वजनिक वित्तलाई बलियो बनाउनका लागि आन्तरिक राजस्वलाई मुख्य स्रोत बनाउनुपर्ने बताएको छ। यसका लागि अहिलेको कर प्रणालीमा सुधार गर्दै संघीय तहमै कर संकलनलाई किफायती र उत्पादनमूलक बनाउनुपर्ने सुझाव दिएको छ। अहिले कतिपय वस्तुमा मूल्यअभिवृद्धि छुट दिने तर अन्तःशुल्क तथा भन्सार हसुल जस्ता कर बढाउने व्यवस्था रहेको छ। अन्य करभन्दा मूल्यअभिवृद्धि कर नै किफायति भएकाले त्यसमा जोड दिनुपर्ने सुझाव बैंकले दिएको छ। 

संघीयता कार्यान्वयन भएको पाँच वर्षभन्दा बढी भइसक्दा पनि अहिले नेपालको बजेट प्रणाली केन्द्रबाट लाद्ने खालको छ। अहिले ४० प्रतिशत स्रोत  प्रदेश तथा स्थानीय तहबाट परिचालन हुने भएपनि  त्यस्ता सरकारको स्वतन्त्र रुपमा विनियोजन तथा खर्च गर्नसक्ने क्षमता भइसकेको छैन। केन्द्र निर्देशित अनुदान तथा खर्च प्रणाली हटाएर राजस्व तथा खर्चमा स्थानीय तथा प्रदेश सरकारलाई सबल बनाउँदै जानुपर्ने विश्व बैंकको सुझाव छ।

ब्यापार घाटाका बढेर विदेशी मुद्राको सञ्चिति न्यून हुनेबित्तिकै नेपाल सरकारले आयात प्रतिबन्ध लगाउने गरेको छ। गत आर्थिक वर्षदेखि सुरु भएको बाह्य क्षेत्रको दबाब न्यूनीकरण गर्नुभन्दा सरकारले गएको बैशाखदेखि आयात प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध खुकुलो बनाउँदै गएपछि अझै केही वस्तुको आयात मंसिर २८ गतेसम्मका लागि प्रतिबन्ध छ। यस्ता आयात प्रतिबन्ध तत्काल खोल्नुपर्ने बैंकको सुझाव छ। आयात प्रतिबन्ध लगाउनुको साटो नेपालले आयातको मागलाई मौद्रिक तथा वित्तीय नीतिका अन्य उपकरणबाट रोक्न सक्ने बैंकले उल्लेख गरेको छ। यसअघि अन्तर्राष्ट्रिय मुद्राकोषले पनि आयात प्रतिबन्ध हटाउनुपर्ने सुझाव दिएको थियो। 

आर्थिक विकासका लागि नेपालले जलविद्युत उत्पादनलाई जोड दिनुपर्ने बैंकको अर्को सुझाव छ। न्यून लागतमा जलविद्युत आयोजना विकासका लागि पहल गर्नुपर्ने र यसका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बैंकले उल्लेख गरेको छ। लाइसेन्स वितरणदेखि वितरण प्रणालीको व्यवस्था गरी आन्तरिक उपभोग बढाउनेतिर सरकारले काम गर्नुपर्ने सुझाव छ। 

ऊर्जामा लगानीका लागि नेपालले सबैभन्दा पहिला बाह्य बजार खोज्नुपर्ने सुझाव छ। भारत र बंगलादेशमा बजार सुनिश्चित गर्नका लागि क्षेत्रीय साझेदारीमा आयोजना विकासदेखि लगानीसम्मका काममा सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ। 

बाह्य क्षेत्रको अवस्था नेपालमा सदाझै कमजोर छ। अहिलेको नेपाली अर्थतन्त्रको मुख्य समस्याको सुरुवात नै बाह्य क्षेत्रको दबाबबाट भएको छ। यही व्यवस्थापनका लागि भन्दै सरकारले आयात प्रतिबन्ध समेत लगाएको छ। बाह्य क्षेत्रको व्यवस्थापनका लागि विदेशी लगानीमा जोड दिनुपर्ने सुझाव बैंकले दिएको छ। दक्षिण एसियामै सबैभन्दा न्यून विदेशी लगानी भएको नेपालमा लगानी स्वीकृतिदेखि अन्य झन्झटिला नियम तत्काल परिवर्तन गर्न बैंकले सुझाव दिएको छ। 


प्रकाशित : सोमबार, कात्तिक १४ २०७९१३:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend