बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीजी मोटरले ल्याउन लागेको चाङगनका विद्युतीय भ्यान हिँड्यो नेपालतर्फ, यस्ता छन् विशेषता

शनिबार, कात्तिक १२ २०७९
सीजी मोटरले ल्याउन लागेको चाङगनका विद्युतीय भ्यान हिँड्यो नेपालतर्फ, यस्ता छन् विशेषता

त्यस्तैगरि सीजीले अर्को चिनियाँ ब्रान्ड चाङगनको कमर्सियल भ्यान नेपाल ल्याउन यसअघि नै सम्झौता गरेको थियो। 

काठमाडौं- सीजी मोटरले नेपाल ल्याउने तय गरेको चाङगन ब्रान्डका विद्युतीय भ्यान फ्याक्ट्रीबाट नेपालतर्फ हिँडेको हो। विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएकाले विद्युतीय सवारीमा कर सहुलियत दिँदै आएको छ। 

सोही कारण अबको भविष्य विद्युतीय सवारी नै भएकाले चौधरी समूहअन्तर्गतको सीजी मोटरले चिनियाँ कम्पनी होजोन अटोमोटिभको विद्युतीय कार ब्रान्ड निटाको भी मोडल नेपाल ल्याएर बिक्री गरिरहेको छ। त्यस्तैगरि सीजीले अर्को चिनियाँ ब्रान्ड चाङगनको कमर्सियल भ्यान नेपाल ल्याउन यसअघि नै सम्झौता गरेको थियो। 

ch van.jpg

सोहीअनुसार चाङगनले सीजी मोटरलाई पहिलो लटमा केही संख्यामा भीफाइभ ईभी भ्यान पठाएको हो। चाङगनको प्लान्टबाट शनिबार उक्त भ्यान नेपालतर्फ हिँडेको हो। सुरुमा चाङगनले सीजी मोटरलाई भीफाइभ ईभी भ्यान पहिलो लटतर्फ लागेको सीजी मोटरका सेल्स एन्ड अप्रेसन हेड दिपक थापाले बताए। 

‘सरकारले विद्युतीय सवारी प्रबद्र्धन गर्ने नीति लिएको र प्यासेन्जर कारका साथै इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको माग हुने थालेकाले सीजी मोटरले चाङगन ब्रान्ड विद्युतीय भ्यान ल्याएको हो,’ थापाले भने, ‘सुरुमा चाङगनको भीफाइभ ईभी भ्यान आएको र अबको केही समयमै भीसेभेन ईभी भ्यान नेपाल ल्याउने तयारीमा हामी लागेका छौं।’

ch kyc.jpg

चार्जिङ पूर्वाधार निर्माण र २/३ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडी आएसँगै विभिन्न रुटहरुमा भ्यानका माग बढ्न थालेको छ। सोही कुरालाई मध्यनजर गर्दै सीजी मोटरले विद्युतीय भ्यान उपलब्ध गराएको हो। सीजी मोटरले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ। 

ch van 2.jpg

यस्ता छन् भीफाइभ ईभी भ्यानका विशेषता 

सीजीले ल्याउन लागको यो भ्यान निक्कै शक्तिशाली रहेको छ। यो भ्यानले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ११ सिट क्षमताको यो भ्यान मध्यम तथा छोटो दुरीमा यात्रु ओसारपसार गर्नका लागि उपयुक्त हुनेछ। 

ह्वील बेस- २९३० एमएम

जीभीडब्लू- २६ केजी 

सिट क्षमता- ११

नर्मल चार्जिङ पावर- ६.६ केडब्लू

चार्जिङ टाइप- युरो स्ट्यान्डर्ड (सीसीएसटू)

ब्याट्री पावर- ४१.८६ केडब्लूएच (सीएटीएल)

माइलेज- ३०० किलोमिटर 

अधिकतम गति- १०० किलोमिटर प्रतिघण्टा 

ग्राउन्ड क्लियरेन्स- १७५ एमएम

ब्रेकिङ सिस्टम- फ्रन्ट डिस/रेयर ड्रम 


प्रकाशित : शनिबार, कात्तिक १२ २०७९११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend