सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लक्ष्मीपूजामै २०० मेगावाट बिजुली खेर गयो

सोमबार, कात्तिक ७ २०७९
लक्ष्मीपूजामै २०० मेगावाट बिजुली खेर गयो

काठमाडौं-लक्ष्मीपूजाकै दिन बिजुली खपत कमहुँदा २०० मेगावाट बिजुली खेर गएको छ। सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको आज बेलुकी ६ः१० मा १३०५ मेगावाट मात्रै खपत भएको बिद्युत प्राधिकरणले जनाएको छ।

आज पनि प्राधिकरणले ३८० मेगावाट बिजुली भने भारततर्फ निर्यात गरेको थियो। विगतमा विजुली नपुगेर लक्ष्मीपूजाको दिनमा प्राधिकरणले खपत गर्न आग्रह गर्ने गरेको थियो। तर ६ वर्षयता भने ेपाल नलोडसेडिङबाट मुक्त हुँदै आएको छ। 

bijuli 11112.jpg

आज तिहारको तेस्रो दिन लक्ष्मीपूजालाई  उज्यालो पर्वको रुपमा मनाउने प्रचलन रहेको छ। त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ।

काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन्। व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ। काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ।

309935544_945412800181935_3758367763923484690_n.jpg


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend