सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दुई महिनामा साढे ३ अर्बको बिजुली भारत निर्यात

यो वर्ष १६ अर्बको निर्यात गर्ने लक्ष्य

सोमबार, कात्तिक ७ २०७९
दुई महिनामा साढे ३ अर्बको बिजुली भारत निर्यात

नेपाल राष्ट्र बैंकका अनुसार नेपालबाट साउन र भदौमा गरी ३ अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली निर्यात भएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ४९ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालबाट साउन र भदौमा गरी ३ अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली निर्यात भएको छ। 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

सुरूमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठ बाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्र्याएको छ। 

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँदै आएका छन्।  

यो वर्ष विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने प्राधिकरणले लक्ष्य लिएको छ। 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ। प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ। चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ। 


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend