शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उपभोक्ताको स्वीकृतिबिना प्याकेज नवीकरण नगर्न टेलिकम कम्पनीलाई निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २१ २०७९
उपभोक्ताको स्वीकृतिबिना प्याकेज नवीकरण नगर्न टेलिकम कम्पनीलाई निर्देशन 

यसअघि नै विभिन्न सेवा तथा प्याकेज ल्याएर ग्राहकको स्वीकृति बिना नवीकरण नगर्न निर्देशन दिँदा पनि कार्यान्वयन नभएको भन्दै प्राधिकरणले कार्यान्वयन गर्ने चेतावनी दिएको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरूलाई ग्राहकको स्वीकृति बिना कुनै पनि सेवा नवीकरण नगर्न निर्देशन दिएको छ। 

यसअघि नै विभिन्न सेवा तथा प्याकेज ल्याएर ग्राहकको स्वीकृति बिना नवीकरण नगर्न निर्देशन दिँदा पनि कार्यान्वयन नभएको भन्दै प्राधिकरणले कार्यान्वयन गर्ने चेतावनी दिएको छ। 

दूरसञ्चार सेवा प्रदायकहरूले सञ्चालन गरेका भ्यालु एडेड सर्भिसको अवधि सकिन लागेको जानकारी उक्त सेवाका ग्राहकहरूलाई सेवा अवधि सकिनु अगावै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्ने, सेवा नवीकरण गर्ने/नगर्ने सम्बन्धमा एसएमएस मार्फत ग्राहकको प्रतिक्रिया माग गर्नुपर्ने, एसएमएस मार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने तर एसएमएस मार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरूका लागि उक्त सेवा स्वतः नवीकरण नगर्न नगराउन प्राधिकरणबाट यसअघि नै निर्देशन दिएपनि कम्पनीहरूले कार्यान्वयन नगरेको पाइएकाले फेरि प्राधिकरणले निर्देशन दिएको छ। 

अहिले फेरि सामाजिक सञ्जाल तथा प्रचार सामाग्री मार्फत यस्तो सेवा दिइरहेको पाइएकाले प्राधिकरणले सचेत गराएको छ। निर्देशन बिपरीत काम कुनै सेवाप्रदायकले काम गरेको पाइएमा कानून अनुसार कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ। 


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend