शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपालकै द्रुत मोबाइल नेटवर्क एनसेलको   

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १६ २०७९
नेपालकै द्रुत मोबाइल नेटवर्क एनसेलको   

देशको ८५ प्रतिशत जनसङ्ख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

काठमाडौं-  मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले जनवरी-जुन २०२२ मा नेपालकै द्रुत मोबाइल नेटवर्क एनसेलको रहेको घोषणा गरेको छ। 

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो।

नेपालको द्रुत मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कूल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो । 

ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीड टेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीड टेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम  पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन् ।

नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने गर्ने निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाको परीक्षणबाट पनि देखिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए। 

'यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो । यस अवसरमा हाम्रा सबै सरोकारवालाहरूलाई उनीहरूले विश्वास र ग्राहकहरूलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु' उनले भने। 

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ । देशको ८५ प्रतिशत जनसङ्ख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।


यही वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।  


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend