शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

मंगलबार, साउन २४ २०७९
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

काठमाडौं- सेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन्। हाल यो सुबिधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन्।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पेरोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन्।

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ। यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ। 

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend