शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मोबाइल फोनमा देखियो आयात प्रतिबन्धको प्रभाव, असारमा एउटै आयात भएन

सोमबार, साउन २३ २०७९
मोबाइल फोनमा देखियो आयात प्रतिबन्धको प्रभाव, असारमा एउटै आयात भएन

काठमाडौं- विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा लगाइएको आयात प्रतिबन्धको प्रभाव मोबाइल फोनमा देखिएको छ। असारमा मोबाइल फोनको आयात शून्यमा झरेको छ। 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। योसँगै मोबाइल आयातमा थप कडाइ गरिएको छ।

गत आर्थिक वर्ष ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको मोबाइल फोन आयात भएको थियो।

सरकारले लगाएको आयातको प्रतिबन्धलाई भदौ १४ गतेसम्म पुर्‍याउने जनाएको छ। जसमा ३ सय डलर माथिका स्मार्ट फोनहरुसहित कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य बस्तु, हिरा (औधोगिक कच्चा पदार्थ बाहेक),३२ इन्चमाथिका रङगिन टेलिभिजन, जिप/कार/भ्यानहरु, १५० सीसी माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र खेल्ने तास रहेका छन्। 


प्रकाशित : सोमबार, साउन २३ २०७९०४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend