बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
साइपालको यात्रामा लोभ्याउने दृश्य  [फोटो फिचर]

साइपालको यात्रामा लोभ्याउने दृश्य  [फोटो फिचर]

धनगढी- बझाङको हिमाली भेग साइपाल क्षेत्र हिमाल आरोहीका लागि मात्र होइन सबैका लागि मनमोहक गन्तव्य बनिरहेको सुन्दर पर्यटकीय स्थल हो। यार्चागुम्बा टिप्ने मौसममा त कमाउने मेसोमा धेरै नै मानिस साइपाल क्षेत्रमा भुलिरहेकै देखिन्छन्। 

अहिले धनगढीबाट हवाइ यात्रामा बझाङ पुग्न सकिन्छ। बझाङको चैनपुरबाट साइपाल पुगेर चैनपुर आउन १२ दिनको समय लाग्छ। साइपाल पुग्ने बाटामा पर्ने गाउँबस्ती, झरना, तालतलैया, पाटन जस्ता सुन्दर दृश्य आँखामा बसिरहन्छ। एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चरले जस्ता संस्थाले अहिले साइपाल क्षेत्रको पर्यटन प्रवर्धनमा काम गरिरहेका छन्। 

चैनपुरबाट १८ किलोमिटर जिपको यात्रामा पनि साइपालसम्मको आधा बाटो भने काट्न सकिन्छ। सेतीको किनारबाट धलौन हुँदै रसया लेक र त्यहाँबाट ओरालो लागेर घाटगंगा किनार हुँदै साइपाल बेसक्याम्प पुग्न सकिन्छ। भौगोलिक सुन्दरतासँगै सँस्कृतिको धनि यहाँ स्थानीय बासिन्दा साइपाल चुचुरोलाई देवतास्वरुपमा भक्तिपूर्वक पूजा पनि गर्छन्।

यात्रामा बाटामा पर्ने ढाँकी छडा झरना, औलागाड, किनाडा, दोतले जस्ता झरनाले पनि यस भेगको सुन्दरता बढाइरहेको छ। विभिन्न चराचुरुङ्गी, जडीबुटी र बनस्पती यस क्षेत्रको विशेषतामा जोडिएकै छन्। सम्भावनाको प्रचुर खानी भए पनि पर्यटकीय हिसाबले फड्को मार्न भने साइपाल पर्खिरहेकै छ। 

saaipal yatra (5).jpg
saaipal yatra (3).jpg
saaipal yatra (10).jpg
saaipal yatra (11).jpg
saaipal yatra (6).jpg
saaipal yatra (2).jpg
saaipal yatra (8).jpg
saaipal yatra (9).jpg
saaipal yatra (7).jpg
saaipal yatra (4).jpg


प्रकाशित : शनिबार, असोज ९ २०७८०४:३५
  • सम्बन्धित विषय:

  • # यात्रा
  • # साइपाल

  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend