बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
साइकल लेनमा जताततै अवरोध नै अवरोध [तस्बिरहरू]

साइकल लेनमा जताततै अवरोध नै अवरोध [तस्बिरहरू]

काठमाडौं- साइकलमैत्री सहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन्। अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ। 

ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ। 

निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ।

साइकलको सवारीतर्फ उच्च वर्गको रुचि बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउदै जाने छ। यसै विषयलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले ललितपुर महानगरपालिका भित्र साइकल लेन बनाइएको बिभिन्न क्षेत्रमा पुगेर खिचेका तस्बिरहरु :

साइकल लेन अतिक्रमण (1).jpg
साइकल लेन अतिक्रमण (2).jpg
साइकल लेन अतिक्रमण (3).jpg

साइकल लेन अतिक्रमण (4).jpg

साइकल लेन अतिक्रमण (12).jpg

साइकल लेन अतिक्रमण (10).jpg

साइकल लेन अतिक्रमण (9).jpg

साइकल लेन अतिक्रमण (5).jpg


प्रकाशित : शनिबार, वैशाख ३ २०७९११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend