बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न, क्रस बोर्डर पर्यटनमा जोड

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २८ २०७८
images
तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न, क्रस बोर्डर पर्यटनमा जोड

मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु रहेका थिए।

images
images

काठमाडाैं- सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रबारदेखि शुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न भएको हो। 

images
images
images

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना गरिएको हो। 

images
images

मार्टमा सिमावर्ती भारतीय शहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर,र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी सम्पन्न भएको थियो। 

images
images

यस्तै मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु रहेका थिए। कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान भएको छ। मार्टकै अवसरमा टुर अपरेटरहरुलाई यस क्षेत्रका कर्णाली,शुक्लापाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रहरुको अवलोकन भ्रमण गराइएको थियो। 

काठमाण्डौं लुम्बिनी र चितवन केन्द्रित नेपालको पर्यटन बजारलाई विकेन्दीत गर्दै सबै क्षेत्रमा पर्यटनको पहँच र विस्तार गर्ने सोचका साथ पर्यटनले देशका विभिन्न भागमा मार्टको आयोजना गरेको र यस्ता मेला र मार्टले क्रसबोर्डर पर्यटनलाई थप प्रवर्द्धन गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सिइओ धनन्जय रेग्मीले बताए।

‘कोभिडले थलिएको पर्यटनलाई पुनर्जिवित गर्न तथा नेपालको सीमामा भएको ठूलो भारतीय जनसंख्यालाई नेपालमा आर्कषित गर्न यस्ता मार्ट सहयोगी हुने हाम्रो अपेक्षा हो,’। उनले नेपालजञ्ज,धरान र धनगढिमा सम्पन्न यी मेलामा भारतीय व्यवसायीहरुको सहभागिताले नेपालमा भारतीय पर्यटकहरुको आगमन बढ्ने विश्वमस लिएको समेत बताए। 

 


प्रकाशित : सोमबार, चैत २८ २०७८०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend