बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

तस्करको नयाँ शैली : सेतो मालाभित्र पहेँलो सुन

images
सोमबार, चैत २८ २०७८
images
तस्करको नयाँ शैली : सेतो मालाभित्र पहेँलो सुन

नियम कानून विपरीत गएर काम गर्नेहरूले कहाँसम्मको कल्पनाशीलता प्रयोग गर्छन् भनेर थाहा पाउने ठाउँ हो विमानस्थल भन्सार कार्यालय। यस्तो देखिने कारण हो सुनको तस्करी। 

images
images

काठमाडौं- नियम तथा कानून विपरीत काम गर्नेहरूले कतिसम्म सोच्‍न सक्छन्? सायद नियम कानूनअनुसार गर्नेभन्दा धेरै पर गएर उनीहरूले कामलाई अन्जाम दिन्छन्। 

images
images
images

नियम कानून विपरीत गएर काम गर्नेहरूले कहाँसम्मको कल्पनाशीलता प्रयोग गर्छन् भनेर थाहा पाउने ठाउँ हो विमानस्थल भन्सार कार्यालय। यस्तो देखिने कारण हो सुनको तस्करी। 

images
images

सुनको तस्करीभन्दा पहिला सुन कसरी नेपाल आउँछ भन्ने कुरा बुझौँ,

images
images

नेपालमा सुन असीमित रुपमा ल्याउन पाइँदैन। नेपालमा सुन एउटा व्यावसायिक हिसाबले आउँछ। यस्तो सुन दिनमा अहिले १० किलो ल्याउन पाइन्छ। नेपाल राष्ट्र बैंकले दिने विदेशी विनिमय सुविधाअनुसार यस्तो सुन आयात हुन्छ। वाणिज्य बैंकहरूले यस्तो सुन आयात गर्दै आएका छन्। 

अर्को हो वैदेशिक रोजगारी तथा अन्य कामले विदेशमा गएकाहरूले ल्याउन पाइने सुन। सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारत जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ। तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइँदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ।

विदेशबाट आउँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नु पर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।

यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।

यो व्यवस्थाभन्दा बाहिर गएर कसैले सुन ल्याएमा त्यो गैरकानूनी हुन्छ र त्याउनेलाई कारबाही तथा सुन जफत हुन्छ। तर यसरी कानूनबाहिर गएर सुन ल्याउनेको कमी हुँदैन। 

यसरी गैरकानूनी सुन ल्याउन नदिनका लागि भन्सार कार्यालयमा डिटेक्टर मेसिन छन्। सुन कसरी ल्याउन सक्छन् भनेर भन्सारमा बस्ने कर्मचारी तथा प्रहरीलाई तालिम पनि हुन्छ। तर पनि तस्करी गर्नेहरूले नयाँ नयाँ तरीका अपनाएर सुन ल्याउन छाडेका छैनन्। 

यस्तै एउटा नयाँ घटना विमानस्थलमा देखियो। शुक्रबार विदेशबाट आएका एकजना यात्रुले नयाँ तरीकाले सुन ल्याएपछि भन्सारले समातेको छ। उनलाई पक्राउ गरेर सुन जफत गरिसकेको छ। प्लास्टिकको माला लगाएर आएका यात्रुलाई सुरूमा कसैले शंका गरेनन्। तर विभिन्न सूचनाका आधारमा भन्सार प्रशासनले जाँच गर्दै जाँदा उनको साथमा सुन नै भेटियो। 

'सेतो रंगको सामान्य प्लास्टिकको मालामा शंका हुने कुरा भएन। तर पछि जाँच गर्दा थाहा भयो बाहिर प्लास्टिकको लेपन लगाइएको भित्र त सुन रहेछ' एक भन्सार अधिकृतले भने।

त्यो मालाभित्र दुई सय ग्राम सुन भेटिएको थियो। विमानस्थलमा यस्ता नयाँ नयाँ तस्करीका तरीका थुप्रै देखिन्छन्। 


प्रकाशित : सोमबार, चैत २८ २०७८०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend