आइतबार, जेठ ६ गते २०८१    
images
images

२ अर्ब ५७ करोडको लगानीमा अन्नपूर्ण तेल उद्योग

११ अर्बको लगानीमा १२ तेल उद्योग

images
सोमबार, चैत २१ २०७८
images
images
२ अर्ब ५७ करोडको लगानीमा अन्नपूर्ण तेल उद्योग
images
images

काठमाडौं- चालु आर्थिक वर्षको चैत १६ गतेसम्म दर्ता भएकामध्ये सबैभन्दा बढी लगानी रहेको अन्नप्रर्ण तेल उद्योग दर्ता भएको छ।

images
images
images

पर्सा जिराभवानीमा तेल उत्पादन/प्रशोधनका लागि अन्नपूर्ण एग्रो एण्ड रिफाइनरी प्रालि दर्ता भएको छ। योसँगै चालु आर्थिक वर्षको साउनदेखि चैत १६ गतेसम्म १२ वटा तेल उद्योग दर्ता भएका छन्।

images

२ अर्ब ५७ करोड लगानी रहेने अन्नपूर्ण तेल उद्योगले वार्षिक १६ हजार  २ सय किलो लिटर सोयाविन तेल उत्पादन गर्ने जनाएको छ। १ सय ८५ जनालाई रोजगारी दिने उद्योगले ७३ हजार ८ मेट्रिकटन अन्य विभिन्न प्रकारको तेल उत्पादन गर्ने भएको छ।

images
images

अन्नपूर्ण तेल उद्योगमा शतिश कुमार कर्णसहितका व्यवसायीको लागनी रहेको उद्योग विभाागले जनाएको छ।

images
images

चालु आर्थिक वर्षमा तेल उद्योगमा लगानी गर्न व्यवसायीबीच प्रतिस्पर्धा नै देखिन्छ। साउनदेखि चैत १६ गतेसम्म १२ तेल उद्योगमा ११ अर्बभन्दा बढीको लगानी प्रतिवद्धतासहित उद्योग दर्ता भइसकेको छ।

निर्यात बढेसँगै तेल उद्योगमा लगानी बढिरहेको हो। नेपालबाट आठ महिनामै ४१ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको छ। निर्यात हुने वस्तुको लिष्टमा तेलको हिस्सा सबैभन्दा बढी छ। त्यसमा पनि सबैभन्दा धेरै भटमासकै तेल छ। 

यो बीचमा नेपालबाट तेलन वस्तुको निर्यात धेरै भएको छ। भटमासको तेलपछि पाम तेल निर्यात भएको छ। पामको विभिन्न स्वरूपका तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। विभागको तथ्यांकअनुसार यो बीचमा पाम तेल १२ अर्बको निर्यात भएको छ। नेपालमा तेल प्रशोधन गर्ने उद्योगले तेस्रो देशबाट कच्ता तेल ल्याउँदै प्रशोधन गरी भारततिर पठाउँदै आएका छन्।

यही कारणले आयात र निर्यात दुबै बढको छ। तेल निर्यातको भारतीय ढोका खुलेपछि धमाधम नेपालमा तेल प्रशोधन उद्योगमा लगानी बढेको छ। तेलको निर्यात बढ्दै गएपछि उद्योगी व्यवसायीहरू लगानी विस्तार गरिरहेका छन् भने नयाँ उद्योगी पनि प्रवेश गरेका छन्।

कुन उद्योगमा कति लगानी?

१ अर्ब ७३ करोड रुपैयाँको लगानीमा सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता भएको छ। नवलपरासीमा वार्षिक १ लाख १२ हजार ७ सय टन तेल उत्पादन क्षमताको उद्योग खुल्न लागेको हो। उद्योगले २ सय ५३ जनालाई रोजगारी दिने घोषणा गरेको छ।

९६ करोड ७० लाख रुपैयाँको लागनीमा निकिता आयल एण्ड रिफाइनरी उद्योग स्थापना हुने भएको छ। बारा जितपुर सिमरा स्थापना हुने उद्योगले वार्षिक  १ लाख ७ हजार ७ सय किलोलिटर तेल उत्पादन गर्ने र ८९ जनालाई रोजगारी दिने जनाएको छ।

सुनसरीमा ५८ करोड रुपैयाँको लगानीमा एबीसी आयल इन्डष्ट्रिड प्रालि स्थापना हुने भएको छ। उद्योगले वार्षिक  ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने जनाएको छ।

पर्सामा ७५ करोडको लगानीमा शिवम् भेज आयल उद्योग स्थापना हुने भएको छ। वार्षिक १ लाख ५ हजार ३ सय ६० मेट्रिक टन तेल उत्पादन गर्ने उद्योगले जनाएको छ। उद्योगमा ७२ जनाले रोजगारी पाउने छन्।

५० करोड रुपैयाँको लगानीमा वार्षिक ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने गरी शिवशक्ति आयल एण्ड फ्याट्स बारामा स्थापना हुने भएको छ। बारामा खुल्ने उद्योगले ६० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ।

७३ करोड ५० लाख रुपैयाँको लगानीमा बारामा आरएमसी फुड्स  उद्योग स्थापना हुने भएको छ। उद्योगबाट वार्षिक १ लाख २५ हजार ८ सय ५० मेट्रिब टन तेल उत्पादन हुने र ६० जनालाई रोजगारी दिने गरी उद्योग दर्ता भएको छ।

वार्षिक ४८ हजार ७ सय ५ मेट्रिक टन तेल उत्पादन गर्ने गरी नवलपरासीमा सिद्धिविनायक आयल्स उद्योग स्थापना हुने भएको छ। उद्योगमा ७४ करोड ७० लाख लगानी रहने र ९० जनाले रोजगारी पाउने छन्।

बाराको जितपुरमा सौरर्भ फुड प्रोडक्सट प्रालि दर्ता भएको छ। उद्योगमा ७२ करोडको रहने छ। उद्योगले वार्षिक १ लाख १ हजार ६ सय ५० मेट्रिक टन तेल उत्पादन गर्ने ९४ जनालाई रोजगारी दिने जनाएको छ।

झापाको विर्तामोडमा १ अर्ब १७ करोड रुपैयाँको लगानीमा सिद्धिविनायक आयल एग्रो इन्डष्ट्रिज प्रालि स्थापना हुने भएको छ।वार्षिक १ लाख ९२ हजार   १ सय ९ मेट्रिक टन तेल उत्पानदन हुने उद्योगमा १ सय जना रोजगारी समेत पाउने भएका छन्।

सुनसरीमा रोयली एडबल ओइल्स स्थापना हुने गरी उद्योग दर्ता भएको छ। उद्योगमा ४३ करोड ६५ लाख रुपैयाँको लगनी रहनेछ। उद्योगले वार्षिक  ६१ हजार २ सय मेट्रिक टन तेल उत्पादन गर्ने  जनाएको छ। उद्योगमा  ६६ जनाले रोजगारी पाउने छन्।

ग्लोबल प्राटिन एण्ड आयल प्राली चितवनमा स्थापना हुने भएको छ। उद्योगमा  १६ करोड ६० लाखको लगानी हुने भएको छ।  करिब ३० हजार मेट्रिक टन तेल उत्पादन हुने उद्योगमा १ सय ५७ जनाले रोजगारी पाउने छन्।

तेस्रो मुलुकबाट अप्रशोधित तेलको आयात गरी नेपालमा प्रसोधन गरेर व्यवसायीहरूले भारत निर्यात गर्दै आएका छन्। गत वर्ष भारतले पाम तेलको आयातमा रोक लगाएको थियो। पाममा प्रतिबन्ध लागेपछि व्यवसायीले भटमासको तेल निर्यात गर्न सुरु गरेका थिए।

खाने तेलको निर्यात सुरु भएपछि फेरि व्यवसायीहरूको लहर लागेको छ। तर भारतले तेल आयातको नीतिमा परिवर्तन गर्दा लगानी जोखिममा पर्नसक्ने विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्।

‘तेल निर्यात र यहाँको लहड देख्दा जोखिम देखिन्छ। किन भने भारतले कहिले के निर्णय गर्छ पत्तो हुँदैन। व्यक्तिगत जोखिमको कुरामात्र होइन कोही डुब्दा बैंकको लगानी पनि जोखिममा पर्नसक्छ’ एक व्यवसायीले भने’आन्तरिक बजारको खपतलाई धान्ने क्षमता यसघि नै छ। अझै उद्योग थपिँदा घरेलु मागभन्दा धेरै हुन्छ। यसो हुँदा नाफा त हुँदैन। त्यस्तोमा कोही न कोही डुब्ने त जोखिमा पर्छ।’


प्रकाशित : सोमबार, चैत २१ २०७८०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend