बुधबार, जेठ २७ गते २०८३    
बुधबार, जेठ २७ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, कारोबार बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २६ २०८३
नेप्से परिसूचक सामान्य घट्यो, कारोबार बढ्यो

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २०.२७ अंकले घटेर बन्द भएको थियो।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २०.२७ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार ६ सय ७० कित्ता सेयर ६३ हजार ७ सय १ पटक किनबेच भएको छ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि बढेको छ। आज ६ अर्ब ४४ करोड १७ लाख ६० हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १ सय ९० रुपैयाँको कारोबार कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेड सोपान फर्मास्युटिकल्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै कृषि ऋणपत्र को ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आजको कारोबारमा १० उपसमूहको परिसूचक घटेको छ। ४ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूकको परिसूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ।

बैंकिङ ०.०३ अंक, विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटेको  छ भने अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढेको छ। 


प्रकाशित : मंगलबार, जेठ २६ २०८३१५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend