सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

डिम्याट खाता खोल्न असार १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २४ २०८३
डिम्याट खाता खोल्न असार १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं- सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हितग्राही खाता (डिम्याट) खोल्दा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

काठमाडौं- सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हितग्राही खाता (डिम्याट) खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर  समावेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

सेयर बजारलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले विगतमा भएका पत्राचार र पूर्वतयारीलाई निरन्तरता दिँदै सीडीएससीको हालै बसेको बैठकले यस्ताे निर्णय गरेको हो। 

निर्णय अनुसार असार १ गतेदेखि लागू हुने गरी नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचय नम्बर उल्लेख गर्नु पर्नेछ। 

यसका साथै हाल संचालनमा रहेका पुराना हितग्राही खाताहरूको विवरण अद्यावधिक गर्दा समेत हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने भएको छ।

CDSC.png

 


प्रकाशित : आइतबार, जेठ २४ २०८३१८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend