सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

नयाँ बजेटपछि 'लिपमोटर बी टेन'को मूल्य ५ लाख रुपैयाँ घट्यो, थपियो स्पेयर टायर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २४ २०८३
नयाँ बजेटपछि 'लिपमोटर बी टेन'को मूल्य ५ लाख रुपैयाँ घट्यो, थपियो स्पेयर टायर

सांग्रिला मोटर्सले यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको बी १० को टप भेरिएन्टको मूल्य ५ लाख घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको हो।

काठमाडौं- लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले बी टेन को मूल्य मा ५ लाख रुपैयाँ घटाएको छ। नयाँ बजेटमा करका दर हेरफेर हुँदा लिपमोटरको बी १० मोडल सस्तिन पुगेको हो। 

सांग्रिला मोटर्सले यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको बी १० को टप भेरिएन्टको मूल्य ५ लाख घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको हो। कम्पनीले आइतबारदेखि लागु हुने गरी सो मूल्य कायम गरेको छ। मूल्य समायोजनसँगै बी टेन मा अब स्पेयर टायरसमेत उपभोक्ताले पाउने छन्। 

गत वर्षको साउन भएको पहिलो नाइमा मोबिलिटी एक्सपो २०२५ मार्फत पहिलो पटक नेपालमा सार्वजनिक लिपमोटर बी १० दुई भेरिएन्टमा उपलब्ध छ। रियर ह्विल ड्राइभ सिस्टम भएको बी १० मा शक्तिशाली १६० किलोवाट क्षमताको मोटर छ भने लाइफ भेरियन्टमा ५६.२ किलोवाट आवर र डिजाइन भेरियन्टमा ६७.१ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा क्रमशः ३ सय ८० र ४ सय ६० किलोमिटर डब्लूएलटीपी प्रमाणित रेन्ज दिन्छ।

११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने बी १० को ब्याट्रीलाई ३४ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

यसको लम्बाइ ४५ सय १५ एमएम, चौडाइ १८ सय ८५ एमएम र उचाइ १६ सय ५५ एमएम छ। यसमा २७ सय ३५ एमएम ह्विलबेस छ। बी १० एसयूभीमा एडास लेभल टु, लाइडार, स्न्यापड्रागनको चिप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पिकरसहितको अडियो सिस्टम लगायत विशेषता छन्।

फुल एलईडी हेडलाइट, हिडन डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, फुल एलईडी टेललाइट, प्यानोरामिक सनरुफ तथा इन्टेरियरमा स्मार्टफोन होल्डर एन्ड चार्जिङ, फुल्ली रिक्लाइनेबल सिट, १४.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल कन्सोल, ८.८ इन्चको एलसीडी ड्राइभर क्लस्टर लगायतका विशेषता छन्। बी १० नेपाली बजारमा उपलब्ध यही सेगमेन्ट एसयूभीको तुलनामा निक्कै अब्बल विद्युतीय एसयूभी हो। 


प्रकाशित : आइतबार, जेठ २४ २०८३१६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend