बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वर्षौंदेखि अलपत्र रहेका कञ्चनपुरका १५ वटा सडक आयोजनाको ठेक्का तोडियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
वर्षौंदेखि अलपत्र रहेका कञ्चनपुरका १५ वटा सडक आयोजनाको ठेक्का तोडियो
फाइल तस्बिर।

पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि  आयोजनाका ठेक्का तोडेको हो।

कञ्चनपुर- निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ। 

पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि  आयोजनाका ठेक्का तोडेको हो।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको छ। 

कार्यालयका अनुसार आव २०७८/७९ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून देखिएपछि यस्तो कदम चालिएको हो। ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले चर्को गुनासो गर्दै आएका थिए। केही सडकमा त प्रारम्भिक काम सम्पन्न नगरी वर्षौंदेखि अलपत्र छाडिएको अवस्था छ।

कार्यालयका अनुसार एसएन निर्माणका ४, नागार्जुनको चार, राधाभानुका २, गणपतिका ४ तथा आरपी कन्स्ट्रक्सनको एक वटा ठेक्का तोडिएको हो। ठेक्का रद्द गरिएका निर्माण व्यसायीबाट सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधानबमोजिम कार्य सम्पादन जमानत, धरौटीबापतको रकम पेस्की जफत गरिने कार्यालयले जनाएको छ। 

कार्यालयले ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्न समय दिएको छ। ठेक्का तोडिने सूचीमा ग्रामीण भेगका अधिकांश सडक परेका छन्। यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावत, कृषिउपज ढुवानी तथा आधारभूत सेवा लिन कठिनाइ भोग्दै आएका छन्। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जोखिम बढेको छ।


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend