बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको तिंकर सडकमा बजेट न्यून

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको तिंकर सडकमा बजेट न्यून

दार्चुला- नेपाली सेनाले व्यवस्थापनमा निर्माण भइरहेको दार्चुलाको तुसरपानी-छांगरु-तिंकर सडकका लागि विनियोजित बजेट संशोधन गरी वृद्धि गर्न स्थानीयले माग गरेका छन्।

दार्चुला- नेपाली सेनाले व्यवस्थापनमा निर्माण भइरहेको दार्चुलाको तुसरपानी-छांगरु-तिंकर सडकका लागि विनियोजित बजेट संशोधन गरी वृद्धि गर्न स्थानीयले माग गरेका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लागि विनियोजित बजेट अपुग हुने जनाउँदै त्यसलाई संशोधन गर्न सीमावर्ती क्षेत्रका नागरिकले आग्रह गरेका हुन्। आगामी आर्थिक वर्षका लागि तुसरपानी-छांगरु-तिंकर सडकका लागि रु १२ करोड ९९ लाख विनियोजन गरिएको छ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा दार्चुला–तिंकर सडकलाई ‘विशेष प्राथमिकता’ मा राखिएको बताउनुभएको थियो। नेपाली सेनाले सडक निर्माणका लागि वार्षिक रु ३० देखि ३५ करोड आवश्यक रहेको बताउँदै आएको छ। 

नयाँ सरकार गठनपछि सामरिक महत्वको तिंकर सडकले तीव्रता पाउने स्थानीयको आशा र विश्वास छ । नेपाली सेनाले आव २०७७/७८ देखि व्यास गाउँपालिका–३ को तुसरपानी शून्य बिन्दुदेखि तिंकरसम्मको ७९ किलोमिटर सडक निर्माण सुरु गरेको हो। सेनाले हालसम्म करिब २० किलोमिटर ट्रयाक खोलेको छ। जेठ पहिलो सातामात्रै दुम्लिङसम्म सवारी पुगेको थियो।

व्यास गाउँपालिका-१ का स्थानीय हेमेन्द्र बोहराले बजेट वक्तव्यमा विशेष प्राथमिकता भनिएता पनि विनियोजन बजेटका आधारमा आयोजना सम्पन्न गर्ने समय लम्बिन सक्ने प्रतिक्रिया दिए। उनकाअनुसार सडक नहुँदा छांगरु र तिंकरका नागरिक यातायात, खाद्यान्न र रोजगारीका लागि अझै भारतमै निर्भर छन्।

 छांगरु-तिंकर खण्डमा अझै ५९ किलोमिटर सडक निर्माण बाँकी छ। यही गति र यही बजेट विनियोजन हुने हो भने तिंकरसम्म सडक पुग्नेमा सीमावासी ढुक्क हुने अवस्था छैन्। यस क्षेत्रमा सडकको पहुँच नहुँदा आफ्नै देशको भूगोलभित्र एक ठाउँबाट अर्को ठाउँमा जान भारतको अनुमति लिन पर्ने बाध्यता छ। 

व्यास-१ छांगरुकै योगेशसिंह बोहराले वर्तमान सरकारप्रति छांगरु र तिंकरवासी आशालाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक पदम वडाल देश सङ्घीयतामा प्रवेश गरेपछि भएका स्रोतको समानुपातिक र सन्तुलित हिसाबले बाँडफाँड हुनुपर्ने धारणा राख्छन्।

महाकाली कोरिडोर अन्तर्गतको कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिंकरसम्मपुग्ने यो सडक ४१३ किलोमिटर छ। त्यस सडकले चीनको तिंकर नाकासम्म जोड्ने लक्ष्य राखेको छ।

त्यसैगरी महाकाली करिडोर सडक योजनाअन्तर्गत रहेको कुल ३३४ किलोमिटर सडक मध्ये २४७ किलोमिटर सडकको ट्रयाक खुलेको छ। उक्त सडक अन्तर्गत ४७ किलोमिटर सडक कालोपत्रे भएको छ। अझै २२८ किलोमिटर सडक कालोपत्रे गर्न बाकी रहेको योजनाका इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। महाकालीकरिडोर सडक योजनाको लागि सरकारले आगामी आर्थिक वर्षमाकुल ३९ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ। रासस

 


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend