काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २.६६ अंकले बढेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ८ सय ८३ कित्ता सेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।
नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९ सय ४४ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ५ अर्ब ७३ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको थियो।
आज कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा एभरेस्ट बैंकको लिमिटेडको ४४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १२ उपसमूहको परिसूचक घटेको को छ। १ उपसमूहको परिसूचक बढेको छ।
म्युचुअल फण्ड उपसमूकको परिसूचक सबैभन्दा धेरै ०.३२ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ।
