बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नेपालमा आईएनजीओबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
'नेपालमा आईएनजीओबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो'

आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्ब रहेको भएपनि त्यसयता परियोजना र स्रोत दुवै हरेक वर्ष घट्दै गएको छ।

काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) बाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ।

सरकारी तथ्यांकअनुसार पछिल्लो चार वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाइले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो।

बिहीबार ललितपुरमा आयोजित विकास बहससम्बन्धी एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त तथ्य बताएकी हुन्।

'पछिल्लो ४ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ९८ परियोजना र ती परियोजनामार्फत ४० अर्ब रुपैयाँ स्रोत नेपालमा आएको थियो भने पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा हेर्दा परियोजनाको संख्या दुई तिहाईले घटेको छ। स्रोत पनि आधा नै घटेको अवस्था छ' उनले भनिन्।

मन्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घटना आँकलन गरेको छ।

सचिव अर्यालले विश्वव्यापी रुपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घट्दै गएको हुनसक्ने बताइन्।

सचिव अर्यालले नेपालमा गैरसरकारी संस्थाहरुलाई कडाइका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताइन्।


प्रकाशित : बिहीबार , जेठ २१ २०८३१३:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend