बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २३ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकले २३ करोड रुपैयाँ बराबरको रकम ३ सय ६६ दिने अवधिका लागि लगानी गर्न लागेको हो। 

कुल लगानी योग्य रकममध्ये 'क' वर्गका वाणिज्य बैंकहरूमा १८ करोड ४० लाख रुपैयाँ, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा ३ करोड ४५ लाख रुपैयाँ र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा १ करोड १५ लाख रुपैयाँ निक्षेप राख्ने  छ। 

इच्छुक संस्थाहरूले तोकिएको फारम भरी  २०८३ जेठ २२ गते  ईमेलमार्फत ब्याजदरको प्रस्ताव बुझाउनुपर्नेछ ।

यस प्रक्रियामा सहभागी हुनका लागि बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्कृय कर्जा ५ प्रतिशत र खुद निष्कृय कर्जा ३ प्रतिशतभन्दा बढी नभएको हुनुपर्ने तथा संस्था शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त घोषणामा नपरेको हुनुपर्ने सर्तहरू तोकिएका छन्।


प्रकाशित : बिहीबार , जेठ २१ २०८३११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend