बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २१ २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ३२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५८ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १०० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १३० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १५० रुपैयाँ, तीते करेला प्रतिकिलो ४५ रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ५० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ७० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, भिन्डी प्रतिकिलो ५० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ९० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ९० रुपैयाँ, मेथीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्युरो प्रतिकिलो ९० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो १३० रुपैयाँ, पार्सले प्रतिकिलो २२० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो १२० रुपैयाँ, गान्टेमूला प्रतिकिलो ६० रुपैयाँ, मकै हरियो प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो २०० रुपैयाँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १६० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन २०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन २२० रुपैयाँ, कागती प्रतिकिलो २२० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १२० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिकिलो २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८० रुपैयाँ, रुखकटहर प्रतिकिलो ५० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो १६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लिची (लोकल) प्रतिकिलो २५० रुपैयाँ, लिची (भारतीय) प्रतिकिलो ३०० रुपैयाँ, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र नरिवल (हरियो) प्रतिकिलो १८० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ८० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ८० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १८० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २१ २०८३०६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend