बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बालेन सरकारको प्राथमितामा परेन रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना : शून्य बजेट

शनिबार, जेठ १६ २०८३
बालेन सरकारको प्राथमितामा परेन रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना : शून्य बजेट

गत वर्षको बजेटमा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई ५० करोड ८२ लाख रुपैयाँ विनियोजन भएको थियो।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारको प्राथमिकतामा रेल आयोजनाहरु पर्न सकेन्।

विगतका वर्षहरुमा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा बजेट विनियोजन गर्दै आएकोमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यस्ता आयोजनालाई बजेट नै विनियोजन गरेनन्। 

बजेटसँगै आएको रातो किताब(आयोजनागत विवरण)मा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई बजेट शून्य भएको छ। यसको अर्थ खर्च नहुने र प्रगति नहुने आयोजनालाई सरकारले बजेट कटौती गर्दै आएको पनि हुन सक्छ। अथवा बालेन सरकारले प्राथमिकतामा रेल आयोजना गरेको हुन सक्छ। 

गत वर्षको बजेटमा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई ५० करोड ८२ लाख रुपैयाँ विनियोजन भएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई ७६ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजना भएको थियो। तर आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा भने अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो आयोजनाका लागि बजेट नै विनियोजन गरेनन्। 


प्रकाशित : शनिबार, जेठ १६ २०८३१६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend