बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली जुत्ता र चप्पल उद्योग विस्तार गर्न प्राकृतिक रबर पैठारीको भन्सार महसुलमा ५० प्रतिशत छुट

शनिबार, जेठ १६ २०८३
नेपाली जुत्ता र चप्पल उद्योग विस्तार गर्न प्राकृतिक रबर पैठारीको भन्सार महसुलमा ५० प्रतिशत छुट

काठमाडौं- सरकारले विदेशी जुत्ता र चप्पलको आयात कम गर्दै नेपाली उत्पादन बढाउने नीति लिएको छ।

सरकारले आर्थिक विधेयकमार्फत भन्सार महसुल ऐनमा परिमार्जन गरी जुत्ता र चप्पल उत्पादन गर्ने उद्योगले आयात गर्ने प्राकृतिक रबर पैठारीमा भन्सार महसुलमा ५० प्रतिशत छुट दिने भएको छ। 

जुत्ता, चप्पल उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा भन्सार शीर्षकको उपशीर्षक २८३६.५०.०० मा पर्ने क्याल्सियम कारबोनेट. उपशीर्षक २९०९.६०.०० मा पर्ने डाइक्युमिल पेरोक्साइड, उपशीर्षक २९१५.७०.०० मा पर्ने पामिटिक अम्ल, स्टियरिक अम्ल, तिनका लवण र एस्टरहरू, उपशीर्षक २९१७.३२.०० मा पर्ने डाइओक्टायल अर्थोथ्यालेटहरु भन्सार महसुलमा ५० प्रतिशत दिने घोषणा गरेको हो।

यसैगरी भन्सार शीर्षक ३५.०६ मा पर्ने ग्लु. शीर्षक ३९.०१. ३९.०४, ३९.०७, ३९.०९. ३९.१० मा पर्ने वस्तु, शीर्षक ४०.०१ मा पर्ने प्राकृतिक रवर पैठारी गर्दा भन्सार महसुलमा ५० प्रतिशत दिने घोषणा गरेको हो।


प्रकाशित : शनिबार, जेठ १६ २०८३१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend