काठमाडौं- सरकारले हरित करको दायर बढाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै आएको आर्थिक विधेयक मार्फत आर्थिक ऐन २०८२ को तुलनामा व्यापक रुपमा हरित कर लाग्ने बस्तुको संख्या बढाएको छ।
यस अघि भन्सार शीर्षक २७.०१, २७.०४, २७.१० र २७.१३ सम्बन्धित बस्तुमा मात्रै हरित कर लगाएको थियो । ओसीलोस्कोप, स्पेक्ट्रम एनालाइजर र शीर्षक ९०.२८ का मिटरहरू बाहेकका विद्युतको मात्रा नाप्ने वा जाँच गर्ने अन्य औजार र उपकरणहरू,अल्फा, बिटा, गामा, एक्स-रे, कस्मिक वा अन्य आयोनाइजिङ्ग विकीरण नाप्ने वा पत्ता लगाउने औजार र उपकरणहरूमा समेत ५ प्रतिशत हरित कर लगाइएको छ।
तरल पदार्थ वा ग्याँसको प्रवाह, तह, दबाब वा अन्य चर (भेरियवल) हरू नाप्ने वा परीक्षण गर्ने औजार र उपकरणहरू (उदाहरणका लागि, फ्लो मिटर, लेभल गेज, म्यानोमिटर, हिट मिटर), शीर्षक ९०.१४,९०.१५, ९०.२८ वा ९०.३२ का औजार र उपकरणहरू बाहेकमा पनि ५ प्रतिशत नै हरित कर लाग्ने भएको छ।
यसैगरी रेखाङ्कन गर्ने, चिनो लगाउने, वा गणितीय हिसाब गर्ने औजारहरू (उदाहरणका लागि, ड्राफ्टिङ्ग मेशिन, प्यान्टोग्राफ, प्रोट्रयाक्टर, ड्रइङ्ग सेट, स्लाइड रुल, डिस्क क्याल्कुलेटर); यस भागमा अन्यत्र उल्लेख वा समावेश नगरिएका, हातले समातेर प्रयोग गरिने लम्बाइ नाप्ने औजारहरू (उदाहरणका लागि, नाप्ने डण्डी र फित्ता वा माइकोमिटर, क्यालिपर)मा पनि ५ प्रतिशत नै हरित कर लगाइएको छ।
साथै अप्टिकल माइक्रोस्कोप बाहेकका माइक्रोस्कोपहरू, डिफ्रयाक्सन उपकरणहरूमा पनि ५ प्रतिशत नै हरित कर लगाइएको छ।
तस्बिर सम्बन्धी (चलचित्र सम्बन्धी समेत) प्रयोगशालामा प्रयोग हुने उपकरण र औजारहरू; नेगेटिभछवि हेर्ने साधन (नेगेटोस्कोप) हरू; प्रोजेक्सन स्क्रीनहरूमा १० प्रतिशत र इन्सुलेटेड (इनामेल्ड वा एनोडाइज्ड समेत), तार, केबुल (को-एक्सियल केबुल समेत) र अन्य इन्सुलेटेड विद्युतीय कण्डक्टरहरू, कनेक्टरसँग जोडिएका वा नजोडिएका; अलग अलग मोहोरिएका फाइबरहरूबाट बनेका अप्टिकल फाइबर केबुलहरू, विद्युतीय कण्डक्टरहरूसँग संयोजन गरिएका वा नगरिएका वा कनेक्टरहरू जडान गरिएका वा नगरिएका बस्तरमा १५ प्रतिशत हरित कर लगाइएको छ।
निर्दिष्ट एकल कार्य (इनडिभिजुअल फङ्क्सन्स) मात्र सम्पादन गर्ने क्षमता भएका बिद्युतीय औजार र उपकरणहरूमा ५ प्रतिशत भएपनि इलेक्ट्रोनिक चुरोटहरू र यस्तै प्रकारका व्यक्तिगत विद्युतीय भाप निकाल्ने (भेपोराइजिङ्ग) साधनहरू ६० प्रतिशत र
इलेक्ट्रोनिक चुरोटहरूमा ६० प्रतिशत नै हरित कर लगाइएको छ।
एक हजार भोल्ट ननाघ्ने भोल्टेजको लागि विद्युतीय सर्किटहरूलाई स्वीच गर्न वा संरक्षण गर्नका लागि, वा विद्युतीय सर्किटहरूमा सम्पर्क बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणहरू(जस्तै, स्वीच, रिले, फ्युज, सर्ज सप्रेसर, प्लग, सकेट, ल्याम्प-होल्डर र अन्य
कनेक्टरहरू, जक्सन बक्सहरू) र अप्टिकल फाइबर, अप्टिकल फाइबरका बन्डल वा केबुलहरूका कनेक्टरहरूमा १५ प्रतिशत हरित कर लगाइएको छ।
धर्मियोनिक, कोल्ड क्याथोड वा फोटो-क्यायोड भल्भ र ट्युबहरू (जस्तै-भ्याकुम वा भेपोर वा ग्याँस भरिएका भल्भ र ट्युबहरू, मर्करी आर्क र ट्युबहरू, क्यायोड-रे ट्युबहरू, टेलिभिजन क्यामराका ट्युबहरूमा ५ प्रतिशत र विद्युतीय प्रतिरोधक (रसिष्टर) हरू (रियोस्ट्याट् र पोटेन्सियोयोमिटरहरू समेत), ताप प्रतिरोधक (हिटिङ्ग रेसिष्टर) हरू बाहेकमा १० प्रतिशत हरित कर लगाइएको छ।
स्थिर, परिवर्तनीय वा समायोज्य विद्युतीय क्यापासिटरहरू (प्रि-सेट)मा १० प्रतिशत र ध्वनि वा दृश्य सूचक विद्युतीय उपकरणहरू (उदाहरणका लागि, घण्टी साइरन, इन्डिकेटर प्यानल, चोरको सूचना दिने घण्टी (वर्गलर एलार्म) वा आगलागीको सूचना दिने घण्टी (फायर अलार्म)), शीर्षक ८५.१२ वा ८५.३० का बाहेक मा पनि १० प्रतिशत नै हरित कर लगाइएको छ।
टेलिभिजन सङ्ग्रहण उपकरणहरू समावेश नभएका मनिटर र प्रोजेक्टरहरूः रेडियो प्रसारण रिसिभर वा ध्वनि वा भिडियो रेकर्ड गर्ने वा पुनरुत्पादन गर्ने उपकरणहरू समावेश भएका वा नभएका टेलिभिजन सङ्ग्रहण (रिसेप्सन) उपकरणहरूमा १० प्रतिशत कर लगाइएको छ।
यसैगरी अस्बेष्टस-सिमेन्टका, सेलुलोज फाइबर-सिमेन्टका वा यस्तै वस्तुका सामानहरूमा १० प्रतिशत र कपडा वा अन्य पदार्थकासाथ संयोजित भएका वा नभएका, एस्वेष्टस, अन्य खनिज तत्त्वहरू वा सेल्यूलोजमा आधारित, ब्रेक, क्लच र यस्तै प्रयोजनका, जडान नभएका, घर्षण पदार्थ वा तिनका सामानहरू (जस्तै, शीटहरू, रोलहरू, स्ट्रिपहरू, खण्ड (सेग्मेण्ट) हरू, चक्काहरू, वासरहरू, प्याडहरू)मा १० प्रतिशत हरित कर लगाइएको छ।
विद्युत सञ्चित गर्ने साधन (इलेक्ट्रिक एकुमुलेटर) हरू, तिनका विभाजक (सेपरेटर) हरू समेत, चारपाटे (वर्गाकार समेत) आकारमा भएका वा नभएकामा ५ देखि १५ प्रतिशत र विद्युत सञ्चित गर्ने साधन (इलेक्ट्रिक एकुमुलेटर) हरू, तिनका विभाजक (सेपरेटर) हरू समेत, चारपाटे (वर्गाकार समेत) आकारमा भएका वा नभएकामा पनि ५ देखि १५ प्रतिशत नै हरित कर लगाएको छ।
भ्याकुम क्लिनरहरू ५ प्रतिशत र स्पार्क-इग्निसन वा कम्प्रेसन-इग्निसन इन्टरनल कम्बष्टन इञ्जिनहरूका लागि प्रयोग हुने किसिमका विद्युतीय इग्निसना वा स्टार्टिङ्ग उपकरणहरू (उदाहरणका लागि, इग्निसन म्याग्नेटोहरू, म्याग्नेटो-डाइनामोहरू, इग्निसन क्वायलहरू, स्पार्किङ्ग प्लग र ग्लो प्लगहरू, स्टार्ट र मोटरहरू); र यस्ता इञ्जिनमा जोडिएर प्रयोग हुने किसिमका जेनेरेटर (जस्तै-डाइनामो, अल्टरनेटर) हरू र कट-आउटहरूमा ५ प्रतिशत हरित कर लगाइएको छ।
यसैगरी प्रकाश दिने वा संकेत दिने विद्युतीय उपकरणहरू (शीर्षक ८५.३९ का वस्तुहरू बाहेक), साइकल वा मोटर गाडीमा प्रयोग हुने किसिमका विन्डस्क्रीन, वाइपर, डिफ्रोष्टर र डेमिष्टरहरुमा ५ प्रतिशत र माइक्रोफोनहरू र तिनका स्ट्याण्डहरू; आवरण (इन्क्लोजर) मा जडान गरिएका वा नगरिएका लाउडस्पिकरहरू; माइक्रोफोनसँग संयुक्त भएका वा नभएका हेडफोन र इयरफोनहरू, र माइक्रोफोन तथा एक वा एकभन्दा बढी लाउडस्पिकरहरू भएका सेटहरूः अडियो फ्रिक्वेन्सी इलेक्ट्रिक एम्प्लिफायरहरूः इलेक्ट्रिक साउण्ड एम्प्लफायरका सेटहरुमा १० देखि १५ प्रतिशत हरित कर लगाइएको छ।
साथै टालाभजन सङ्ग्रहण उपकरणहरू समावेश नभएका मनिटर र प्रोजेक्टरहरू रेडियो प्रसारण रिसिभर वा ध्वनि वा भिडियो रेकर्ड गर्ने वा पुनरुत्पादन गर्ने उपकरणहरू समावेश भएका वा नभएका टेलिभिजन सङ्ग्रहण (रिसेप्सन)
उपकरणहरूमा पनि १० प्रतिशत नै हरित कर लगाइएको छ।
