बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुन तथा सुनका गहनाको बिक्रीमा लाग्दै आएको विलासिता शुल्क हट्यो

शनिबार, जेठ १६ २०८३
सुन तथा सुनका गहनाको बिक्रीमा लाग्दै आएको विलासिता शुल्क हट्यो

काठमाडौं- सुन तथा सुनका गहनाको बिक्रीमा लाग्दै आएको २ प्रतिशतको  विलासिता शुल्क सरकारले हटाएको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसँगै ल्याइएको आर्थिक विधेयक २०८३ मार्फत सुन तथा सुनका गहनाको बिक्रीमा लाग्दै आएको २ प्रतिशतको  विलासिता शुल्क हटाइएको हो।

यसैगरी  पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको विक्री मूल्यमा र आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्तःशुल्क सहितको मूल्यमा लाग्ने विलासिता करलाई भने यथावत नै राखिएको छ। 


प्रकाशित : शनिबार, जेठ १६ २०८३०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend