बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बोर्डिङ स्कुल पढने विद्यार्थीको खर्च ३ प्रतिशतले बढने

शनिबार, जेठ १६ २०८३
बोर्डिङ स्कुल पढने विद्यार्थीको खर्च ३ प्रतिशतले बढने

काठमाडौं- निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क लगाइएको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटसँगै ल्याइएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो कर लगाइएको हो। कर कार्यन्वयनमा आएसँगै निजी स्कुलमा पढने विद्यार्थीको फि बढने भएको छ।

विधेयकमा निजी क्षेत्रवाट सञ्चालित शिक्षण संस्था भन्नाले तालीम तथा पुनर्ताजगी तालीम प्रदान गर्ने संस्था बाहेक निजी क्षेत्रवाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालय लगायत जुनसुकै किसिमको शिक्षा प्रदान गर्ने निकाय हुने समेत स्पष्ट पारेको छ।

तर  सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित शिक्षण संस्थालाई शिक्षा समता शुल्क नलाग्ने विधेयकमा उल्लेख छ।


प्रकाशित : शनिबार, जेठ १६ २०८३०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend