काठमाडौं- सरकारले मूल्य अभिवृद्धि कर ऐनमा संशोधन गरी बिजुली र राइड हेलिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था गरेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर लाग्ने घोषणा गरे। त्यसअनुसार मूल्य अभिवृद्धि कर ऐनको दफा ७ को उपदफा १ पछि उपदफा (१ क) र (१ ख) थप गरी भ्याटमा दोहोरो कर सुरुवात गरिएको हो।
राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आवद्ध भइ यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्ने व्यवस्था गरिएको छ।
राइड-सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भइ सवारी वा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड-सेयरिङ प्लेटफर्म सञ्चालकले नियमबमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण गरी असुल गर्ने मूल्य अभिवृद्धि कर ऐनमा संशाेधन गरिएको छ।
