बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्मार्ट फोन, क्यामरा, हेडफोन, स्मार्ट घडीलगायतमा अन्त:शुल्क हटाइयो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
स्मार्ट फोन, क्यामरा, हेडफोन, स्मार्ट घडीलगायतमा अन्त:शुल्क हटाइयो

स्मार्ट घडी, नेटवर्किङ स्वीच, राउटर साथै सबै प्रकारका एरियल र एरियल रिफ्लेक्टरहरू र तिनीहरूसँग प्रयोग गर्न उपयुक्त पार्टपुर्जाहरूमा पनि अन्त:शुल्क हटेको छ।

काठमाडौं- सरकारले स्मार्ट फोन, क्यामरा, सीसीटीभी क्यामरा, हेडफोन र इयरफोनहरू, रेकर्डर, स्मार्ट घडी, राउटरलगायतमा वस्तुमा लाग्ने अन्त:शुल्क हटाएको छ। पहिले ५ देखि १० प्रतिशतसम्म अन्त:शुल्क लाग्ने वस्तुहरूमा अब अन्त:शुल्क नलाग्ने भएको छ।

माइक्रोफोन तथा एक वा एकभन्दा बढी लाउडस्पिकरहरू भएका सेटहरू; अडियो फ्रिक्वेन्सी इलेक्ट्रिक एम्प्लिफायरहरू, इलेक्ट्रिक साउण्ड एम्प्लीफायरका सेटहरूमा पनि अन्त:शुल्क नलाग्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।

टेलिफोन सेटहरू, सेलुलर सञ्जालहरू वा अन्य तारविहीन सञ्जालहरूका लागि प्रयोग हुने स्मार्टफोनहरू र अन्य टेलिफोनहरू समेत; आवाज, छवि वा अन्य डेटा प्रसारण वा संग्रहण गर्ने उपकरणहरू, तारयुक्त वा ताररहित सञ्जाल (जस्तैः स्थानीय वा बृहत क्षेत्र सञ्जाल (लोकल अर वाइड एरिया नेटवर्क)) मा सञ्चार गर्न प्रयोग हुने उपकरणहरूसमेतमा पनि अब अन्त:शुल्क लाग्ने छैन।

आवाज, छवि वा अन्य डेटा प्रसारण वा संग्रहण निमित्तका उपकरणहरू, तारसहित वा ताररहित सञ्जाल (जस्तैः स्थानीय वा वृहत क्षेत्र सञ्जाल लोकल अर वाइड एरिया नेटवर्क) मा सञ्चार गर्न प्रयोग हुने उपकरणहरू समेतमा पनि अन्त:शुल्क हटेको छ।

स्मार्ट घडी, नेटवर्किङ स्वीच, राउटर साथै सबै प्रकारका एरियल र एरियल रिफ्लेक्टरहरू र तिनीहरूसँग प्रयोग गर्न उपयुक्त पार्टपुर्जाहरूमा पनि अन्त:शुल्क हटेको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३२२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend