काठमाडौं- सरकारले मार्बल, ग्रेनाइट र चुनदार ढुंंगाको अन्त:शुल्क हटाएको छ।
यसअघि १५ प्रतिशत अन्त:शुल्क लाग्ने यस्ता वस्तुमा सरकारले अहिले अन्त:शुल्क नलाग्ने व्यवस्था गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।
स्मारक वा निर्माणको लागि परिष्कार गरिएका पत्थर (स्लेट बाहेक) र तिनका सामानहरू; पृष्ठ सामग्री (व्याकिङ) भएको वा नभएको प्राकृतिक पत्थर (स्लेट सहित) का मोज्याक क्यूबहरू र यस्तै सामान; प्राकृतिक ढुंगा (स्लेट सहित) का कृत्रिम रूपले रङाइएका दानाहरू, रोडाहरू, गिर्खाहरू, टुक्राहरू र धुलोमा लाग्ने अन्त:शुल्क हटेको छ।
यस्तै टायलहरू, क्यूवहरू र यस्तै वस्तुहरू, आयताकार (वर्गाकार समेत) भएका वा नभएका, जसको सबैभन्दा ठूलो मोहडा ७ सेमीभन्दा कम लम्बाइ भएको वर्गको किनारामा समावृत्त (इन्क्लोज्ड) हुन सक्षम भएको; कृत्रिम रूपले रङाइएका दानाहरू, रोडाहरू, गिर्खाहरू, टुक्राहरू र धुलोमा लाग्ने अन्त:शुल्क हटेको छ।
चेप्टो वा समतल सतह भएको सामान्य रुपले काटिएको वा चिरेको अन्य स्मारक वा निर्माणको लागि तयार गरिएका पत्थर र तिनका वस्तुहरु, मार्बल, ट्राभरटीन र अलावाष्टर, ग्रेनाइट, अन्य पत्थर, ट्राभरटीन र अलावाष्टर, अन्य चुनदार (क्यालक्यारिअस) ढुंगाको पनि अन्त:शुल्क हटेको छ।
