बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इनामेल र टायलको अन्त:शुल्क बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
इनामेल र टायलको अन्त:शुल्क बढ्यो

भित्ता वा भित्रिछत ढाक्ने प्लास्टिकका वस्तुहरूमा अन्त:शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

काठमाडौं- सरकारले इनामेल र टायलको अन्त:शुल्क बढाएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।

इनामेलको यसअघि ७ प्रतिशत रहेको अन्त:शुल्क बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

यस्तै टायलहरूको रूपमा वा रोलहरूमा भएका आफै टाँसिने वा नटाँसिने प्लास्टिकका भुइँ ढाक्ने वस्तु (फ्लोर कभरिङ) हरू; भित्ता वा भित्रिछत ढाक्ने प्लास्टिकका वस्तुहरूमा अन्त:शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३२१:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend