काठमाडौं- सरकारले विद्युतीय चुरोट (भेप) को अन्त:शुल्क बढाएको छ। भेपमा यसअघि ४० प्रतिशत रहेको अन्त:शुल्क बढाएर ५५ प्रतिशत पुर्याइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।
यस्तै सुर्ती भएको वा पुननिर्मित सुर्ती, अन्य निकोटिन भएको वस्तुमा पनि अन्त:शुल्क बढाइएको छ। यसमा समेत यसअघि ४० प्रतिशत रहेको अन्त:शुल्क बढाएर ५५ प्रतिशत पुर्याइएको छ।
