काठमाडौं- सरकारले इनर्जी ड्रिङ्समा अन्त:शुल्क बढाएको छ।
इनर्जी ड्रिङ्समा प्रतिलिटर ५२ रुपैयाँबाट बढाएर अन्त:शुल्क १२० रुपैयाँ बनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।
अल्कोहलरहित बियरमा प्रतिलिटर ४५ रुपैयाँबाट ९० रुपैयाँ बनाइएको छ।
यस्तै हल्का पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँबाट बढाएर ६० रुपैयाँ पुर्याइएको छ।
यस्तै बास्नायुक्त दूध प्रतिलिटर २५ रुपैयाँबाट ६० रुपैयाँ र माल्ट हालेर बनाइएको वियर प्रतिलिटर २४० रुपैयाँबाट २५५ रुपैयाँ बनाइएको छ।
साथै १७ प्रतिशतसम्म हल्कोहल भएको वाइनमा पहिले प्रतिलिटर ४६० रुपैयाँ अन्त:शुल्क रहेकोमा अहिले बढाएर ४९० रुपैयाँ बनाइएको छ। १७ प्रतिशतभन्दा माथि अल्कोहल भएको वाइनमा प्रतिलिटर ५३५ बाट बढाएर ५७० रुपैयाँ बनाइएको छ।
