बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त:शुल्क बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त:शुल्क बढ्यो

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको अन्त:शुल्क अहिले ५ सय रुपैयाँ बनाइएको छ।

काठमाडौं- सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त:शुल्क बढाएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ।

सुर्तीरहित पान मसलामा पहिले प्रतिकिलो ८५० रुपैयाँ रहेको अन्त:शुल्क अहिले ११ सय ५० रुपैयाँ बनाइएको छ। 

यस्तै सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको अन्त:शुल्क अहिले ५ सय रुपैयाँ बनाइएको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३२०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend