बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चकलेट, कुरकुरे र आलु चिप्सको अन्त:शुल्क बढ्यो

शुक्रबार, जेठ १५ २०८३
चकलेट, कुरकुरे र आलु चिप्सको अन्त:शुल्क बढ्यो

कुरकुरे, कुरमुरे, लेज, चिजवलमा प्रतिकिलो २० रुपैयाँबाट बढाएर अन्त:शुल्क ७५ रुपैयाँ पुर्‍याइएको छ।

काठमाडौं- सरकारले चकलेटको अन्त:शुल्क बढाएको छ। यसमा १५ प्रतिशत रहेको अन्त:शुल्क बढाएर २२ प्रतिशत बनाइएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन्। नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत यस्तो व्यवस्था गरिएको छ। 

कोका नभएको चिनीको मीठाइ (सेतो चक्लेट सहित), चिनीले छोपेको वा नछोपेको वा मीठो लेप लगाएको वा नलगाएको चुइगमसमेतको अन्त:शुल्क बढाइएको हो। 

यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजवलमा प्रतिकिलो २० रुपैयाँबाट बढाएर अन्त:शुल्क ७५ रुपैयाँ पुर्‍याइएको छ। 

साथै आलुचिप्समा अन्त:शुल्क प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ पुर्‍याइएको छ। 

यस्तै पास्तामा अन्त:शुल्क प्रतिकिलो २० रुपैयाँबाट ३५ रुपैयाँ बनाइएको छ। 

पाउरोटी, पेष्ट्री, केक, बिस्कुट र अरु रोटी सम्बन्धी सामान; कम्युनियम, वेफर्स (पकाएको रोटी बिर्कोको काम गर्ने), औषधि भर्न हुने खाली क्याप्सुल, (एम्टी क्यासे), सिलिङ (आकृति अंकित) वेफर्स, राइस पेपर (तोफु, ममचा बनाउने पीठोको रोटी जस्तो पदार्थ) र अन्य यस्तै उत्पादनमा १५ प्रतिशतबाट बढाएर २२ प्रतिशत पुर्‍याइएको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३२०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend