काठमाडौं- सरकारले क्यासिनो रोयल्टी शुल्क बढाएको छ।
आर्थिक ऐन २०८३ मार्फत नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेबापत वार्षिक ५ करोड ५० लाख रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको लागि वार्षिक ३ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ। यसअघि १ करोड ५० लाख रुपैयाँ थियो।
