बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चुरोटमा १० प्रतिशत कर वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
चुरोटमा १० प्रतिशत कर वृद्धि

अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ। यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो।

काठमाडौं- सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिएका छन्।

यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ। यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो।

हाल विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend