बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गरिने

वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरणसम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउने उनको भनाइ छ।

काठमाडौं- सरकारले कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्ने भएको छ। आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गरिने बताए।

'स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न विकास निर्माणका क्रममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गर्नेछौँ', उनले भने, 'वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ।'

मन्त्री वाग्लेका अनुुसार दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्द्धन गरिने छ।

वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरणसम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउने उनको भनाइ छ।

'सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ,' मन्त्री वाग्लेले भने, 'वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधारसम्बन्धी कानून तथा नीतिबीचको असंगति हटाउनेछौँ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ।'


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१९:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend