बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको भन्सार १० बाट बढाएर २० प्रतिशत, हिरामा १३ बाट घटाएर ५ प्रतिशत कायम

शुक्रबार, जेठ १५ २०८३
सुनको भन्सार १० बाट बढाएर २० प्रतिशत, हिरामा १३ बाट घटाएर ५ प्रतिशत कायम

हिरामा लाग्दै आएको १३ प्रतिशत भन्सार दरलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ। यसले आभूषण तथा रत्न-पत्थर व्यवसायमा लागत घटाउने र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत सुन, चाँदी र हिरालगायत बहुमूल्य वस्तुहरूको भन्सार दरमा  परिवर्तन गरेको छ।

आर्थिक विधेयकमार्फत तोकिएको नयाँ व्यवस्थाअनुसार सुन र चाँदीमा भन्सार शुल्क वृद्धि गरिएको छ। हिरामा भने कटौती गरिएको छ।

नयाँ कर संरचनाअनुसार सुन र चाँदीमा लाग्दै आएको १० प्रतिशत भन्सार दरलाई बढाएर २० प्रतिशत पुर्‍याइएको छ। यस निर्णयले बहुमूल्य धातु आयात महँगो हुने र आन्तरिक बजार मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने अनुमान गरिएको छ।

त्यसैगरी हिरामा लाग्दै आएको १३ प्रतिशत भन्सार दरलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ। यसले आभूषण तथा रत्न-पत्थर व्यवसायमा लागत घटाउने र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले आर्थिक विधेयकमार्फत समग्र आयात कर संरचनालाई पुनर्संरचना गर्दै राजस्व वृद्धि, आयात नियन्त्रण र औद्योगिक गतिविधिलाई सन्तुलित बनाउने नीति लिएको जनाएको छ। बहुमूल्य धातुमा कर वृद्धि गर्दा वैदेशिक मुद्रा बाहिरिने प्रवृत्ति नियन्त्रण हुने र आन्तरिक राजस्व आधार सुदृढ हुने सरकारको दाबी छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend