बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजेटबारे पूर्वअर्थमन्त्री रामेश्वर खनालले भने - नीतिगत सुधारको प्रयास भएको ऐतिहासिक कदम

शुक्रबार, जेठ १५ २०८३
बजेटबारे पूर्वअर्थमन्त्री रामेश्वर खनालले भने - नीतिगत सुधारको प्रयास भएको ऐतिहासिक कदम

समग्रमा बजेटमार्फत लिइएको नीति राम्रो भएको र अब कार्यान्वयनमा इमान्दारिता चाहिने पूर्वअर्थमन्त्री खनालको भनाइ छ।

काठमाडौं- पूर्वअर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गर्न खोजेको नीतिगत सुधारलाई ऐतिहासिक कदम भएको बताएका छन्। 

२०४८ सालमा आएको नीतिगत सुधारको सूची सानो भएकाले सहज कार्यान्वयन प्रभावकारी भएको बताउँदै उनले अहिले परिस्थिति फरक भए पनि सुधारका लागि गरिएको प्रयास राम्रो भएको बताए। 

अहिले ल्याइएको नीतिगत सुधारको विषय निजी क्षेत्रलाई सहजता हुने गरी आएको उनको भनाइ छ। 

पूर्वअर्थमन्त्री खनालले आर्थिक उत्पादनको प्रोत्साहका लागि आन्तरिक उत्पादन शुल्क लगाउने र बिजुली महसुलमा भ्याट लगाउने विषय पनि सकारात्मक नै भएको बताए। बिजुलीमा भ्याट लगाउँदा शुल्कसमेत नबढ्ने उनको भनाइ छ। 

माइक्रो ब्रुअरीलाई मदिरा उत्पादन गर्न दिने नीतिले समेत पर्यटन विकासमा सहयोग पुग्ने खनालले बताए।

खनालकै नेतृत्वमा बनेको 'उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग'को प्रतिवेदनमा भएका सिफारिससमेत पालना भएको बताए। 

समग्रमा बजेटमार्फत लिइएको नीति राम्रो भएको र अब कार्यान्वयनमा इमान्दारिता चाहिने पूर्वअर्थमन्त्री खनालको भनाइ छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend