बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकारको लक्ष्य : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, मूल्यवृद्धि ६ प्रतिशतभन्दा कम राख्ने

शुक्रबार, जेठ १५ २०८३
सरकारको लक्ष्य : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, मूल्यवृद्धि ६ प्रतिशतभन्दा कम राख्ने

सरकारले पुँजीगत खर्चलाई प्राथमिकतामा राख्दै पूर्वाधार, ऊर्जा, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना अघि सारेको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक स्थायित्व र उच्च वृद्धिदर हासिल गर्ने उद्देश्यसहित सरकारले महत्वाकांक्षी लक्ष्य तय गरेको छ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान तथ्यांक कार्यालयले गरेको उल्लेख गर्दै आगामी वर्ष विकासदर दोब्बरभन्दा बढी वृद्धि गर्ने लक्ष्य राखिएको बताए।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर (महँगी) ६ प्रतिशतभन्दा कममा सीमित राख्ने लक्ष्य लिएको छ। आपूर्ति प्रणाली सुधार, उत्पादन वृद्धि तथा वित्तीय अनुशासनमार्फत मूल्य स्थायित्व कायम गर्ने सरकारको नीति रहेको अर्थमन्त्रीले बताए।

बजेट आकार पनि ठूलो रहनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ। जसअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले पुँजीगत खर्चलाई प्राथमिकतामा राख्दै पूर्वाधार, ऊर्जा, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना अघि सारेको छ।

अर्थ मन्त्रालयका अनुसार उच्च आर्थिक वृद्धि, मूल्य स्थायित्व र लगानीमैत्री वातावरणमार्फत अर्थतन्त्रलाई दिगो विकासको बाटोमा अघि बढाउने लक्ष्य लिइएको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend