काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मदिरा उत्पादनको दायरा बढाउने भएको छ। माइक्रो ब्रुअरीलाई समेत मदिरा उत्पादनको अनुमति दिइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै यस्तो बताएका हुन्।
