बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

यसअघि लाग्दै आएको मोटरको पिक पावरमा आधारित करलाई अब सवारीको मूल्यमा लाग्ने भएको छ।

काठमाडौं- सरकारले विद्युतीय सवारीमा लाग्दै आएको करको आधार परिवर्तन गरेको छ। 

यसअघि लाग्दै आएको मोटरको पिक पावरमा आधारित करलाई अब सवारीको मूल्यमा लाग्ने भएको छ।

विद्युतीय सवारीमा पिक पावरमा कर लगाउँदा छली भएको महालेखाले औँल्याएपछि सरकारले कर लगाउने आधार नै परिमार्जन गरेको हो। 

गाडीको आकार वा ब्याट्री क्षमतामा कर लाग्ने चर्चाकाबीच सरकारले सवारीको मूल्यका आधारमा कर लगाउने व्यवस्था गरेको हो।  

अर्थमन्त्री वाग्लेले मूल्यका आधारमा कर लाग्ने बताएपनि त्यो एफओभी वा भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालू केमा लाग्ने भन्ने उल्लेख गरेका छैनन्। 

'इलेक्ट्रिक सवारी साधनमा पिक पावर‍ क्षमताको‍ आरमा‍ लाग्दै‍ आएको‍ भन्सार महसलुलाई मूल्यगत आधारमा लगाउने व्यवस्ठा गरिएको छ। यस्ता‍ सवारी‍ साधनको‍ स्वदेशमा उत्पादन, चार्जङ स्टेसन निर्माण, ब्याट्रीको‍ व्यवस्थापनका‍ लागि पैठारी‍ बिन्दुमा स्वच्छ पूवाधार लगानी शल्क लगाइएको छ,' बजेटमा भनिएको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend