बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३ वर्षभित्र १० वटा फुटबल रंगशाला स्तरोन्नति, ५ वर्षभित्र ८ वटा आधुनिक क्रिकेट रंगशाला बनाइने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
३ वर्षभित्र १० वटा फुटबल रंगशाला स्तरोन्नति, ५ वर्षभित्र ८ वटा आधुनिक क्रिकेट रंगशाला बनाइने

अन्तर्राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ।

काठमाडौं- खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै सरकारले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गर्ने जनाएको छ।

यस्तै प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने पनि आगामी आर्थिक वर्षको बजेटबाट घोषणा गरिएको छ। 

विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गर्ने जनाइएको छ।

मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने जनाइएको छ।

खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तह देखि छनोट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउने जनाइएको छ।

अन्तर्राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ।

सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको जनाइएको छ।

खेलकुद क्षेत्रको लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend