बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मध्यपहाडी लोकमार्गको १२ स्थानमा नयाँ सहर बनाउन १ अर्ब ८३ करोड बजेट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
मध्यपहाडी लोकमार्गको १२ स्थानमा नयाँ सहर बनाउन १ अर्ब ८३ करोड बजेट

जेन्जी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिइने मन्त्री वाग्लेले बताए।

काठमाडौं- सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १२ स्थानमा नयाँ सहर बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले मध्यपहाडी लोकमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिने घोषणा गरे। 

यसका लागि सरकारले १ अर्ब ८३ करोड विनियोजन गरेको छ। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारमा हरियाली प्रवर्धनका लागि ४ अर्ब १९ करोड विनियोजन गरेको हो। 

जेन्जी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिइने मन्त्री वाग्लेले बताए। 

जरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको छ।

हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउने उल्लेख छ।

नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा ३० मिनेटको पैदल यात्राको दुरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न ५ अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend