काठमाडौं- तराई-मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले द्रुतमार्गको लिंक रोड निर्माण सुरु गर्नेसमेत बताएका छन्।
मन्त्री वाग्लेले तराई-मधेश द्रुतमार्गको लागि १७ अर्ब ६४ करोड विनियोजन गरेको जानकारी दिएका छन्।
